गाजामा सङ्क्रामक रोगको खतरा : डब्लूएचओ « Khabarhub

गाजामा सङ्क्रामक रोगको खतरा : डब्लूएचओ


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जेनेभा– संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा चलिरहेको सामूहिक विस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ ।

डब्लुएचओले भीडभाड, उचित बासस्थानको अभाव, दुषित पानी, सरसफाइ र स्वच्छताको न्यूनताको अवस्थाले सङ्क्रामक रोगहरूको खतरा बढाएको चेतावनी दिएको हो ।

डब्ल्यूएचओका अनुसार अत्यधिक भीडभाड र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा हुने आक्रमणहरूमा सामूहिक हताहतिको जोखिम पनि बढिरहेको छ ।

निरन्तर जारी लडाइँ र स्वास्थ्य प्रणालीको सङ्कुचित क्षमतालाई ध्यानमा राख्दै गाजा बाहिर चिकित्सा सामग्रीको आवश्यकता पर्ने बिरामीहरूको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको संयुक्त राष्ट्रसङ्घीय निकायले चेतावनी दिएको छ ।

हाल (डब्लूएचओ) ले सम्भावित मार्गमार्फत् बिरामीहरूको सुरक्षित र समयमै स्थानान्तरण सुनिश्चित गर्न गाजाबाट धेरै चिकित्सा सामग्रीको निकासीका लागि कोरिडोरहरू स्थापना गर्न आह्वान गरिरहेको छ ।

दश महिनादेखि जारी इजरायली कब्जाले गाजापट्टीमा विनाशकारी युद्ध चलिरहेको छ । यहाँ अधिकांश बालबालिका र महिलासहित दशौँ हजार शहीद, घाइते तथा बेपत्ता भएका छन् ।  

युद्धमा स्वास्थ्य र शैक्षिक पूर्वाधारको ठूलो विनाश र खाना, पानी, औषधि र इन्धन आपूर्तिको असहजताका कारण करिब २० लाख मानिसहरू विस्थापित भए भने  खाद्य संकटका कारण कैयौँ बालबालिकाको ज्यान  गएको छ ।   

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : १० बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका