हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्ड « Khabarhub

हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्ड


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

सिंगापुरक– सिंगापुरले बुधबार लागूऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले मृत्युदण्डको कुनै प्रमाणित अपराध निवारक प्रभाव नभएको बताउँदै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । 

सिंगापुरका अधिकारीहरूले भने मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेकोमा जोड दिएका छन् ।

‘दण्डित ५९ वर्षीय सिंगापुरका बासिन्दालाई ७ अगस्ट सन् २०२४ मा  मृत्युदण्डको दिइएको हो,’ सेन्ट्रल नार्कोटिक्स ब्युरो (सिएनबी) ले एक विज्ञप्तिमा जनाएको छ । 

उक्त व्यक्तिलाई ३५.८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । सिङ्गापुरको लागूऔषध कानुनमा १५  ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान रहेको छ । 

‘उहाँलाई पूर्णरूपमा कानूनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो र सम्पूर्ण प्रक्रियाभरी कानुनी सल्लाहकारद्वारा प्रतिनिधित्व गरिएको थियो,’ सिएनबीले भन्यो ।

सिंगापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो । सिंगापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६.९३  ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो । 

सिङ्गापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मङ्गेतरको हत्या गरेको आरोपमा ३५  वर्षीय बंगालादेशी अहमद सलिमलाई फाँसीको सजाय दिइएको थियो । 

एएफपीको तथ्यांकअनुसार सिंगापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १९ पुगेको छ । 

कोभिड–१९  महामारीको समयमा सिंगापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो । 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ३० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति