नेपालले अग्रता जोगाउन सकेन, दोस्रो सेट भारतलाई « Khabarhub

नेपालले अग्रता जोगाउन सकेन, दोस्रो सेट भारतलाई


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक नेपालविरुद्धको फाइनल भिडन्तका क्रममा भारतले दोस्रो सेट आफ्नो पक्षमा पारेको छ ।

काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालविरुद्ध भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह सावित भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५-१२ ले जित्न सफल भयो।

नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो ।

मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो।

समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा छ । उता भारत समूह चरणमा भोगेको हारको बदलासहित उपाधि लैजाने योजनामा छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ०० बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का