उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन् « Khabarhub

उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन्

केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका मेयर्स फोरमको टोलीले बुधबार भेटेको छ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।

मेयर्स फोरमको टोली ओलीलाई भेट्न सिंहदबर पुग्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सहभागी भएनन् । तर काठमाडौंकै उपमेयर सुनिता डंगोल भने टोलीसँग थिइन्।

फोरमका पदाधिकारीसँग सिंहदरबारमा भेटमा क्रममा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भनेर नभई केन्द्र र स्थानीय सरकार मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए ।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ’,  ओलीले भने, ‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट गरिएका हल्ला दिगो नहुने बताए । ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्’, उनले भने ।

फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। उनले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गरे ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे । उनले पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनतालाई सेवा दिन प्रतिबद्ध रहेको बताए । उनले केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागे ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा