उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन् « Khabarhub

उपत्यका मेयर्स फोरमले भेट्यो प्रधानमन्त्रीलाई, सुनिता जाँदा बालेन्द्र गएनन्

केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका मेयर्स फोरमको टोलीले बुधबार भेटेको छ।

उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेको हो ।

मेयर्स फोरमको टोली ओलीलाई भेट्न सिंहदबर पुग्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सहभागी भएनन् । तर काठमाडौंकै उपमेयर सुनिता डंगोल भने टोलीसँग थिइन्।

फोरमका पदाधिकारीसँग सिंहदरबारमा भेटमा क्रममा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भनेर नभई केन्द्र र स्थानीय सरकार मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए ।

‘जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ’,  ओलीले भने, ‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट गरिएका हल्ला दिगो नहुने बताए । ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्’, उनले भने ।

फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। उनले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गरे ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे । उनले पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनतालाई सेवा दिन प्रतिबद्ध रहेको बताए । उनले केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीको साथ मागे ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ६ : ४१ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३