टीआरसी विधेयकबारे भट्टराई भन्छन् : अब कुनै बाहना नगरियोस् ! « Khabarhub

टीआरसी विधेयकबारे भट्टराई भन्छन् : अब कुनै बाहना नगरियोस् !


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पाटीं (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक भएको बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले छिटो विधेयक पारित गरेर आयोगहरूमा ऐतिहासिक राजनीतिक परिवर्तनको मर्म अनुरूप काम गर्नुसक्ने व्यक्तिहरु छनोट गर्न आग्रह गरेका छन् । उनल आफू प्रधानमन्त्री हुँदा २०६९ मा नै जारी गरिएको विभिन्न बहानामा कार्यान्वयन नगरिएको स्मरण गर्दै उनले अब त्यसो हुन नदिन तत्काल बाँकी काम सुरु गर्नुपर्ने सुझाव उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘१८ बर्षदेखि सत्ता खिचातानी र निहित स्वार्थको चेपुवामा पटक पटक अड्किदै आएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संसदका तीन प्रमुख दलबीच सहमति बन्नु सकारात्मक छ। मैले प्रमको रूपमा २०६९ मा सत्ता हस्तान्तरण गर्नु पहिले तत्काल संसद कायम नरहेका कारण निकै जोडबल गरेर जारी गरेको त्यससम्बन्धी अध्यादेश (कार्यान्वयन भैदिएको भए पनि १२ बर्ष पहिले यो काम सम्पन्न हुनसक्दथ्यो) तर विभिन्न बहानामा गरिएन र यहॉसम्म तन्किदै आयो। अब कुनै बहाना नगरियोस् !’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ९ : ३९ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ