भलिबल उपाधि विजेता भारतलाई चुच्चे नक्सासहितको ट्रफी « Khabarhub

भलिबल उपाधि विजेता भारतलाई चुच्चे नक्सासहितको ट्रफी


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा महिला भलिबल लिगको उपाधि जितेको भारतलाई नेपालको चुच्चे नक्सासहितको ट्रफी प्रदान गरिएको छ ।

बुधबार भएको फाइनलमा नेपाललाई हराउँदै उपाधि उचालेको भारतले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सासहितको ट्रफी लगेकाे हाे। लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले आफ्नो भएको दाबी गर्दै आइरहेको छ ।

नेपालले विसं २०७७ जेठमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको आधिकारिक नक्सा जारी गरेको थियो। भारतले उक्त नक्साको विरोध गर्दै आइराखेको भएपनि बुधबार भलिबलकाे उपाधि जितेपछि नयाँ नक्सासहितकाे ट्रफी लगेकाे हाे ।

फाइनलमा भारतले नेपाललाई ३– २ को सेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

त्यस्तै पाँचौं सेट भने भारतले १५– ५ ले सजिलै जितेको थियो । योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३(० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ०९ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५