आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर ७ तारिख। भाद्र शुल्क पक्षको चौथी तिथि। गणेश चतुर्थी व्रत। निजामती सेवा दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : योजना सफल बन्नेछन्। वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ। राज्यले गरेका विकृतिको चर्चा हुनेछ। संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

वृष : सोचेको काम नबन्दा मन उदास हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ। स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले पुरानो रोग बल्झने छ। व्यवस्थापन गर्न नसक्दा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : पुराना साथीसँग मित्रता बढ्नेछ। संगठनको बलमा काम गर्ने बानीले अप्ठेरो पर्ने योग छ। तपाईंले आफ्नो सोचेको मान्छे फरक कित्तामा पुग्ने जोखिम रहेको छ। परिवारबाट धोका हुने योग छ।

सिंह : तपाईंको राशिमा सूर्य र बुध पुगेका छन्। यसले गर्दा राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। धन आर्जन गर्ने नयाँ योजना बन्नेछन्। परिवारमा हुने बौद्धिक टकराबले खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्या : आफ्नो व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ। परिवारको सकारात्मक सहयोग मिल्नेछ। सामाजिक संस्थामा एकता हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अरुलाई भिडाउँदा तपाईंलाई फाइदा हुने योग छ।

तुला : तपाईंका कार्ययोजना सफल बन्नेछन्। शिक्षामा सफलता मिल्नेछ। आफूलाई माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ। समय अनुसारको शारीरिक व्यायाम नहुँदा रोग बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। पुरानो लगानी र गुम्न लागेको रकम प्राप्त हुनेछ। तपाईंले राज्यको सेवा गर्ने अवसर प्राप्त गर्नु हुनेछ। सानो काममा अलमल नगर्नु राम्रो फाइदाजनक हुनेछ। पारिवारिक व्यवस्थापनमा आफू सक्रिय हुनु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। तपाईंका गलत काम लुक्नेछन्। लगानीका स्रोत राम्रा छन्। शिक्षा र स्वास्थ्यमा भन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ। सुख र दुःखमा परिवारको साथ मिल्नेछ।

मकर : बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्नेछ। आफूभन्दा ठुला व्यक्तिसँगको सुझावले राहत मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुनेछ। अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी मिल्नेछ।

कुम्भ : आफ्नै कारणले शत्रु बढ्नेछन्। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। स्वास्थ्यमा रोगको प्रकोप बढ्नेछ। साथी र संगतले सहयोग गर्ने हुँदा नयाँ काम बन्नेछन्। परिवारले दुःखमा साथ र सहयोग गर्ने योग छ। बिहान शिव भजन सुनेमा मात्र दिन सहज बन्नेछ।

मीन : अप्रिय समाचारले मन अशान्त बन्नेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। आफ्ना दैनिकी सहज भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ। परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : १० बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा