उदाउँदो चन्द्रमालाई अर्घ्य  दिएर चौठचन्द्र पर्व समापन « Khabarhub

उदाउँदो चन्द्रमालाई अर्घ्य  दिएर चौठचन्द्र पर्व समापन


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा गएराति उदाउँदो चन्द्रमालाई अर्घ्य  दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न गरिएको छ ।

श्रद्धा र आस्थाको महान् पर्वका रुपमा मानिएको यो पर्व गए राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य  अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ ।

प्रत्येक घरका ज्येष्ठ महिलाले शुक्रबार दिनभरि निलाहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका हुन् । यस पर्वमा फलफूल, मिठाई, दही, पुरी र खीर खाने चलन रहेको छ ।

यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घरघरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुईतीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने शुक्रबार घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तुहरू पकाएर चन्द्रमा भगवानलाई चढाउँदै पर्व सम्पन्न गरेका छन् ।

चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका थिए ।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन् ।

त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ । यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : ४० बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना