रसुवाको पासाङल्हामु मार्ग बन्द, यात्रु अलपत्र | Khabarhub Khabarhub

रसुवाको पासाङल्हामु मार्ग बन्द, यात्रु अलपत्र


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा–  जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारिसाधन रोकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारिसाधन रोकिएका हुन् ।

ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए। अत्यधिक वर्षपछि आएको पहिरोसँगैको ढुङ्गाले सडक अवरूद्ध बनेको उनले बताए। 

ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताए। सडक अवरुद्व भएकाले दर्जनौँ सवारिसाधन र यात्री मूलखर्कमा रोकिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  १२ : ५० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय