देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो « Khabarhub

देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा शनिबार देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।  

हरितालिका तीजको भोलीपल्ट मनाइने गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसै अवसरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा गणेश जन्मोत्सव जात्रा मनाइएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रमा गराइन्छ ।

सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई मा गणेश जन्मोत्सव जात्रा मनाएका हुन् ।

सूर्यविनायक मन्दिरमा नित्य पूजा गर्दै आउनुभएका पण्डित इश्वरप्रसाद भट्टराईले गणेशको जन्मोत्सवका अवसरमा विशेष पूजा गरिने र त्यसपछि गणेशको मूर्तिसहितको खटलाई नगर परिक्रमा गराउने परम्परा रहेको बताए ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा रहेको स्थानीयहरुको भनाइ छ । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । सो मन्दिरमा गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  २ : २९ बजे

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस