देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो « Khabarhub

देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा शनिबार देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।  

हरितालिका तीजको भोलीपल्ट मनाइने गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसै अवसरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा गणेश जन्मोत्सव जात्रा मनाइएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रमा गराइन्छ ।

सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई मा गणेश जन्मोत्सव जात्रा मनाएका हुन् ।

सूर्यविनायक मन्दिरमा नित्य पूजा गर्दै आउनुभएका पण्डित इश्वरप्रसाद भट्टराईले गणेशको जन्मोत्सवका अवसरमा विशेष पूजा गरिने र त्यसपछि गणेशको मूर्तिसहितको खटलाई नगर परिक्रमा गराउने परम्परा रहेको बताए ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा रहेको स्थानीयहरुको भनाइ छ । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । सो मन्दिरमा गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  २ : २९ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई