एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी « Khabarhub

एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफका लागि सविता राना मगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् भने आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।

 अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ३ : २५ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा