४० थान गोलीसहित दुई भारतीय पक्राउ | Khabarhub Khabarhub

४० थान गोलीसहित दुई भारतीय पक्राउ


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कञ्चनपुरको गड्डाचौकी सीमानाका भएर नेपाल भित्रिन लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । 

गड्डाचौकी नजिकै रहेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार कञ्चनपुर आउँदै गरेका दुई भारतीय नागरिकलाई ४० थान गोलीसहित पक्राउ गरेको हो । 

एसएसबीले अल्मोडाका ४७ वर्षीय दिनेश चन्द्र र नैनीतालका ४० वर्षीय सतिश नैनवाललाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

उनीहरूका अनुसार एसएसबीले पक्राउ परेका व्यक्तिबाट ७ दशमलव ६५ एमएमका ४० थान जिउँदा कारतुस बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई एसएसबीले बनबासामा रहेको जनपद प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ४ : ४४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका