सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह « Khabarhub

सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीले प्रविधिलाई अवलम्बन गर्नुपर्ने बताएका छन् ।

निजामती सेवा दिवस मूल समारोह समिति गण्डकी प्रदेशद्वारा निजामती सेवा दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा उनले सार्वजानिक सेवा प्रवाहलाई समयसापेक्ष चुस्त बनाउन नवीनतम प्रविधिले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। जनताले लिएर आउने सार्वजनिक सेवाका हरेक काममा सकारात्मक हुुनुपर्नेमा जोड दिँदै उनले नहुने भएमा के कारणले नहुने हो त्योबारे स्पष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘सरकार भनेको तल्लो तहमा काम गर्नेदेखि उच्च पदस्थ पदमा रही काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्व सबै पर्दछन् । यी दुई बीचमा  एकापसमा दोषारोपण गरेर मात्रै हुँदैन ।’ सङ्घीय निजामती ऐन जारी नहुँदा कतिपय चाहेर गर्नुपर्ने काम पनि गर्न नसकिएको जनाउँदै उहाँले प्रदेशका तर्फबाट गर्न सकिने सबै किसिमका समस्या समाधानका लागि तयार रहेको बताए।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुुमारी बस्नेतले सुशासन, समृद्धि र विकास आजको आवश्यकता भएको बताए। सार्वजनिक सेवामा जनताको पहुँच बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको निजामती प्रशासन राज्यका हरेक परिवर्तनलाई आत्मसात गर्दै अघि बढिरहेको बताए। पछिल्लो समयमा निजामती प्रशासनलाई नकारात्मक तवरबाट हेर्ने क्रम बढिरहेको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । 

    

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ५ : १६ बजे

गण्डकीमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाको मनोनयन दर्ता

गण्डकी– गण्डकी प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि छ जनाले उम्मेदवारको

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता

सुदूरपश्चिम– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट आज चार जनाले

अबको निर्वाचन महत्त्वपूर्ण छ : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा