रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल « Khabarhub

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका कामकारवाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको बताएका हुन् ।

उनले रास्वपाप्रति जस्तो टिकाटिप्पणी भएपनि पार्टी स्थापनाका समयमा गरेका प्रतिवद्धतालाई नभुलेको भन्दै थप परिस्कृत भएर अघि बढेको उल्लेख गरे ।

उनले रास्वपा अरु पार्टी भन्दा धेरै भिन्न रहेको र यसको नीति र योजना स्पष्ट रहेको जिकिर गरे । रास्वपाका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनको भनाइ छ । 

अर्यालले देश बनाउने रास्वापको अभियान संविधान भित्र टेकेर अघि बढाइने बताए । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ६ : २२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर