आजका समाचार : भ्रष्टाचार गर्ने नेताको रेकर्ड राख्न प्रधानमन्त्रीको आग्रह, खेर जाँदै ७०० मेगावाट बिजुली र भारतको मणिपुर आतंकित | Khabarhub Khabarhub

 आजका समाचार : भ्रष्टाचार गर्ने नेताको रेकर्ड राख्न प्रधानमन्त्रीको आग्रह, खेर जाँदै ७०० मेगावाट बिजुली र भारतको मणिपुर आतंकित


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

कर्मचारीहरूलाई प्रधानमन्त्रीले भने : भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्न थाल्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

एक्काईसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गरे ।


‘तपाईँहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिँदिनस् ।’, प्रधानमन्त्री ओलीले भने, ‘म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिइन्नँ । नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’

सरकारको विरोध गर्नु बहादुरी ठान्छन् मान्छेहरू : प्रधानमन्त्री ओली

राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान प्रशंसनीय छ : प्रधानमन्त्री ओली

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल

अध्यक्ष माधवकुमार नेपाल स्वदेश फिर्ता

पाँचथर बम विस्फोट: घाइतेको उपचारको जिम्मा लियो सरकारले

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ : प्रचण्ड

पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनेछ : मन्त्री पौडेल

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, ५० जनाको कोटा निर्धारण
बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए। आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए।


विर्तामोड नगरपालिका वडा नं। ५ बिर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

रातमा खेर जाँदै ७०० मेगावाट बिजुली, निर्यात २०० मात्रै

कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की

सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

मधेस स्वास्थ्य विज्ञान प्रतिस्ठानमा एमबीबीएसको पढाइ हुने

देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा शनिबार देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

हरितालिका तीजको भोलीपल्ट मनाइने गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसै अवसरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा गणेश जन्मोत्सव जात्रा मनाइएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रमा गराइन्छ ।

सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई मा गणेश जन्मोत्सव जात्रा मनाएका हुन् ।

आज गणेश चतुर्थी पर्व मनाइँदै

जुम्लामा निःशुल्क आँखा शिविर

व्यावसायिक च्याउ उत्पादन सुरु, प्रतिकिलो चार सयमा बिक्री

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

आरन पेसाले घर व्यवहार धान्न मुस्किल

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

रकेट आक्रमणपछि मणिपुर आतंकित, विद्यालयहरू बन्द
भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ ।

शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपछि जबाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

जर्मनीको जंगलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

वेस्ट बैंकमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग

यागी नामक चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

अमेरिकामा जनावरको सम्पर्क बिना पनि बर्डफ्लु सङ्क्रमण पुष्टि

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ८ : ०० बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन