सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा आन्दोनलको घोषणा « Khabarhub

सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिद्वारा आन्दोनलको घोषणा


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बसेको समितिको समिक्षा बैठकले संविधान प्रदत्त अधिकारका विरुद्धमा सर्वोच्चले गैरन्यायिक फैसला गरेको निष्कर्ष निकाल्दै दुई दिने आन्दोलनका कार्यक्रम घोषण गरेको हो ।

समितिले यही भदौ ३१ गते मसाल जुलुस प्रदर्शन गर्ने छ । त्यस्तै आगामी असोज ३ गते संविधान दिवसका दिन माइतीघर मण्डलमा विशाल विरोध प्रदर्शन गर्ने समितिले जनाएको छ ।

साथैआन्दोलनमा साथ सहयोग गरिरहेका बिभिन्न पक्षलाई उक्त बिरोध कार्यक्रममा समर्थन गर्न समेत समितिले आग्रह गरिएको छ।

शनिबार सुमन सायमीको संयोजकत्वमा शुरु भएको बैठकमा केशव झा, स्वागत नेपाल, राजाराम तण्डुकार, अनुज थापा, मनिराम चौलागाईं लगायत अन्य वक्ताहरुले आन्दोलनमा समर्थन जनाएका थिए।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ८ : ३४ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई