डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु « Khabarhub

डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो ।

सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियो। लगत्तै उनलाई बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको थिए।

बिर्तामोडमा उपचार सम्भव नभएपछि बालकलाई उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईँले बताए ।

ती बालक न्यूटन्स एजुकेसन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसँगै यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ८ : ४० बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले