अवरुद्व पासाङ्ल्हामु मार्ग खुल्यो « Khabarhub

अवरुद्व पासाङ्ल्हामु मार्ग खुल्यो


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा – भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारी साधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण पहिरोसँगै बगेको ढुङ्गा सडक सतहमा थुप्रिएपछि दिनभरको प्रयासबाट नुवाकोटदेखि स्काभेटरसहितको ‘ब्रेकर’ झिकाई ढुङ्गा फुटालेर सडक सफा गरी पूर्ण रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ ।

सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलास तथा रसुवाको गोसाइँकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका लागि ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

पहिरो स्थलमा दिनभर सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरो स्थलमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेको जनाइको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ९ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार