सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने « Khabarhub

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको उद्योग वार्षिक ४२ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

प्रतिष्ठित अन्तर्राष्ट्रिय लेखा कम्पनी प्राइसवाटरहाउकुपर्स (पीडब्लूसी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०२३–२४ मा १ खर्ब ५९ अर्ब पटक डिजिटल भुक्तानीका माध्यमबाट कारोबार भएको छ ।

पीडब्लूसीका अनुसार सन् २०२८–२९ मा अहिलेको तुलनामा यो तीन गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ । पीडब्लूसीका अनुसार सन् २०२८–२९ मा भारतीय डिजिटल भुक्तानीको बजारमा कारोबार आवृत्ति ४ खर्ब ८१ अर्ब पुग्ने छ ।

त्यसबाहेक सो अवधिसम्म भुक्तानीको परिमाण पनि दुई गुणाले बढ्ने पीडब्लूसीको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०२३–२४ मा २६५० खर्ब भारु बराबरको डिजिटल कारोबार भएको छ । यो २०२८–२९ सम्म ५९३० खर्ब भारु बराबार पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  १० : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको