आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर ७ तारिख। असोज शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। नवरात्रको पाँचौं दिन स्कन्दमाता नाम गरेकी देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : मनमा खराब भावना आउन सक्छन्। लगानीको क्षेत्रमा घाटा हुनेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ। राजनीतिक संगठनमा एक्लो भएको महसुस हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ।

वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारमा भने रमाइलो भेटघाट हुनेछ। यात्रा गर्ने योग छ। परिवारसँग घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ।

मिथुन : आफन्तबाट असहयोग प्राप्त हुनेछ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। आज स्कन्दमाताको पूजा गर्न सके सुख र शान्ति मिल्नेछ। परिवारको सम्बन्ध सहज बन्ने योग छ।

कर्कट : खर्च बढ्नेछ। मन अशान्त बन्नेछ। स्वार्थीपन बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। परिवारमा शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंह : सञ्चित धन खर्च हुँदा मन उदास बन्नेछ। लामो यात्रा तय हुनेछ। खानपानमा समस्या बढ्ने दिन छ। दाजुभाइले भने साथ दिनेछन्। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दाजु र बन्धुको सहयोग मिल्नेछ। कानुनी उपचारमा लागेको भए तपाईंको पक्षमा निर्णय हुनेछ। कृषि क्षेत्रमा नाफा हुनेछ। फलफूलको व्यापार गर्नु राम्रो होला। चाडपर्वको दौडधुपले सताउने देखिन्छ।

तुला : रुपको घमण्डले साथीहरु टाढा हुनेछन्। भौतिक संस्कार ओझेलमा पर्नेछन्। राजनीतिक संगठनको आडमा महत्त्वपूर्ण जिम्मेवारी मिल्नेछ। समाजसेवामा अवसर मिल्नेछ। तपाईं परोपकारमा लाग्दा परिवारमा भने खटपटी बढ्नेछ।

विश्चिक : धर्ममा समय र पैसा खर्च गर्ने दिन आएको छ। तपाईंको राशिमा चन्द्रमा भएकाले दिन राम्रो छ। परिवारमा रमाइलो घुमघाम हुनसक्छ। दाजुभाइले सहयोग गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनु : दिन रमाइलो छ। पुराना साथीबाट नयाँनयाँ ठाउँको यात्रा तय हुनेछ। धार्मिक क्षेत्रमा पुग्ने अवसर मिल्नेछ। व्यापारको नाममा कालोबजारीको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगकोसम्बन्ध कसिलो बन्नेछ।

मकर : अन्त्य साढेसातीको दशा चले पनि तपाईंमा शुभ ग्रहको बहुमत छ। सोचेका काम बन्नेछन्। व्यापारमा घाटा हुनसक्छ। ठुलो व्यापारमा हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : बोल्नु अगाडि ख्याल गर्नुपर्नेछ। मन अशान्त बन्नेछ। व्यवहारमा झन्झट अइपर्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारमा भने मेलमिलाप हुनेछ।

मीन : पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। समाजसेवा र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। प्राविधिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ५८ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको