अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ | Khabarhub Khabarhub

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी प्रमुखका लागि हुने निर्वाचनप्रति संसारकै चासो स्वाभाविक हो।

राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएपछि उम्मेदवार र विश्व राजनीतिमा विभिन्न विषय उठेका छन्। पहिलो त डेमोक्र्याटले पहिलो बहसमा नै आफ्नो दलका उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडेन फितलो भएको महसुससँगै नयाँ उम्मेदवारको बाटो रोज्यो। रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पको हत्याको प्रयास चुनावी कार्यक्रमै गोली हानेर भयो। यस निर्वाचनको प्रचारमा केही व्यक्तिको उपस्थितिलाई महत्त्वका साथ हेरिएको छ।

अमेरिकाको निर्वाचनमा टेस्लाका मालिक एलन मस्कदेखि पूर्व राष्ट्रपति बाराक ओबामा समेत प्रचारमा ओर्लिए। यसलाई रोचक ढंगले हेरिएको छ।

कुनै पनि क्षेत्रमा आर्थिक शक्ति कत्ति रहने भन्ने कुरा पक्कै पनि महत्त्व बोक्ने विषय हो। पैसा सबै थोक होइन। तर, यसको मतलब यो होइन कि पैसा केही पनि होइन। निर्वाचनको प्रचारप्रसारमा गरिएका खर्च अहिले निकाल्न थालिएको छ। प्रचारप्रसार पनि भोट स्विङ हुने स्थानमा अझ बढी हुने गरेको छ।

कमला ह्यारिसले सबै भन्दा धेरै खर्च ‘ब्लु वाल’ राज्यमा गरेकी छन्। त्यसमध्ये पेनसेल्भिनयामा ५० लाख र मिचिगनमा ४० लाख अमेरिकी डलर निर्धारण गरिएको छ। विन्सीकनमा २७ लाख अमेरिकी डलर खर्च तय भएको छ। यी तीन वटै राज्यमा सफलता पाउनुका साथै नेबरास्कामा सफलता पाए ह्यारिसको जितको बाटो तय हुनसक्छ।

ट्रम्पको पनि अभियान त्यस्तै छ। उनको पेनसेल्भिनियको खर्च ३८ लख अमेरिकी डलर, नर्थ क्यारोलिनमा ३४ तथा जर्जियामा ३० लाख अमेरिकी डलर तय गरिएको छ। यी तीन वटै राज्यमा सफलता पाउँदै फेरि ह्वाइट हाउस प्रवेश गर्ने ट्रम्पको योजना छ।

बिलिनियर एलन मस्क लगायतको सहयोगले ट्रम्प मतदाताको ढोका ढकढक्याउने परम्परागत शैली भन्दा फरक ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ। नियमित मतदान नगर्नेका लागि ट्रम्पले मतदाता शिक्षाकै योजना बनाएका छन्।

यो अभियानमा ह्यारिसको साथमा केही नाम चलेका अनुहार हुनेछन्। पूर्व राष्ट्रपति बाराक ओबामाले उनका लागि अबको २८ दिन खर्चने भएका छन्। २८ दिनमा उनले इमेल गर्ने र चन्दा उठाउने काम गर्नेछन्।

ट्रम्पसँग असहमत भएका रिपब्लिक लिज चेनी लगायत यस निर्वाचनमा ह्यारिसको पक्षमा उभिएका छन्। उनीहरूले ट्रम्पको विकल्प खोजी रहेका मतदातालाई ‘कन्भिन्स’ गर्ने प्रयास गर्नेछन्।

ट्रम्पले शनिबार मात्र मस्कलाई कार्यक्रममा उपस्थित गराए। तर पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले केही बोलेका छैनन्। उनका उपराष्ट्रपति डिक चेनीले त ह्यारिसलाई मतदान गर्ने बताइ सकेका छन्।

हालै भएको कर कटौतीको निर्णयले धेरै जनाका लागि घर र कार खरिद गर्न सहज भएको छ। सेप्टेम्बर महिनामा आएको बेरोजगारी कमीले डेमोक्र्याटलाई लाभ पुग्ने छ। तर पूर्वी तटीय बन्दरगाहको आन्दोलन नै निर्वाचनमा सरिक नहुने निर्णय परिणत भए कठिन हुनेछ। अहिले तेलको मूल्य एउटा चुनावी मुद्दा बनेको छ। तर, ट्रम्प नै विजयी हुने र लगत्तै अझ मूल्य वृद्धि भएमा हुनसक्ने झन् पीडाका विषय पनि उठ्न थालेका छन्।

ह्यारिसको उम्मेदवारीको घोषणा लगत्तै उनको पक्षमा मतदाता बढ्दै गएका थिए। त्यो अहिले स्थिर भएको छ। मुद्रास्फीतिको मुद्दालाई रिपब्लिकले उठाए पनि अहिलेसम्म त्यसले खासै धेरै प्रभाव पारेको छैन।

उत्तरी क्यारोलिना र जर्जिया हेलेन आँधीका कारण अत्यधिक प्रभावित क्षेत्र हुन्। धेरै जना हराएका छन्। सो क्षेत्रमा निर्वाचनको समयसम्ममा सरकारले खुसी तुल्याउने या निराशा बढाउने भन्ने प्रश्नले धेरै अर्थ राख्नसक्छ।

अहिले मध्यपूर्वको अवस्था नै ह्यारिसको सबैभन्दा ठुलो चिन्ताको विषय हो। अगस्टमा भएको डेमोक्र्याटको सम्मेलनमा त्यहाँका प्यालेस्टाइनी उपस्थित भएनन्। ह्यारिस इजरायली र प्यालेस्टानी दुवैलाई सन्तुलन मिलाउन लागि परेकी छन्। अहिले मध्यपूर्वको अवस्था फेरिएको छ। लेबनानमा इजरायलले आक्रमण गरेको छ भने इरानसँग पनि इजरायलको युद्ध सुरु भइसकेको अवस्था छ।

यसको असर अमेरिकी निर्वाचनमा पर्नसक्छ। खासमा यहुदीको बसोबास रहेको मिचिगनमा मध्यपूर्वको अवस्थाले प्रभाव पार्नसक्छ। मिचिगनमै अरब अमेरिकनले ह्यारिसले इजरायलसँग बाइडेनले बनाएको नीतिलाई फेर्न अनुरोध गरेका छन्। यसले उनलाई थप सङ्कटमा पारेको छ। अरब अमेरिकन र प्यालेस्टाइनलाई सन्तुलनमा ल्याउनु नै उनका लागि यो निर्वाचन जित्न सबै भन्दा चुनौतीपूर्ण विषय हो।

सन् २०२० को निर्वाचनको परिणाम आएपछि ट्रम्पले गरेको कार्यको सुनुवाइ अहिलेलाई स्थगित भएको छ। त्यसले निर्वाचनमा प्रभाव पार्छ या पार्दैन भन्ने अहिलेको मूल विषय हो। त्यसो त ह्यारिसका लागि थप चुनौती छन्। २८ प्रतिशत अमेरिकी मात्र अहिले देश सही दिशामा गइरहेको बताउँछन्। सन् २०२०मा बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदा यो सङ्ख्या ४० प्रतिशत थियो। यसले बाइडेन प्रशासन प्रतिको असन्तुष्टिलाई पनि चित्रण गरेको छ।

सन् १९८० यता सत्तारुढ दलका उम्मेदवारले जित हात पारेको समयमा देश सही बाटोमा गएको भन्नेको सङ्ख्यामा औसतमा ४२ प्रतिशत छ। सत्तारुढ दलले हार सहेको समयमा देश सही बाटोमा गएको छैन भन्नेको औसत सङ्ख्या २५ प्रतिशत छ। यसअघि सबैभन्दा कम देश सही बाटोमा गएको छ भनेर सत्तारुढ दलले जितेको सङ्ख्या ३८ प्रतिशत हो। यो तथ्यांक आफैमा ह्यारिसका लागि अत्याउने खालको हो। तर यसका बाबजुद ह्यारिस र ट्रम्पको बिचमा तुलना गर्दा ह्यारिस १० विविध विषयमा ट्रम्प भन्दा लोकप्रिय रहेको जनाइन्छ। सन् २०१६ मा जित हात पार्दा पनि ट्रम्प लोकप्रिय थिएनन्। स्रोतः सिएनएन

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ०१ बजे

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि