इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती « Khabarhub

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङ्की सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गरिन् । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी भइन्, त्यत्ति नै थकित पनि देखिन्थिन् । सञ्चरीमायामात्र होइन इच्छाकामना–३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिइन् ।

कुरिनटारमै रहेको अर्को प्रभु बैकमा पनि आइतबार उस्तै भीड थियो ।  वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहेकी थिइन् । बिहानैदेखि आएर कागजपत्र बुझाएका इच्छाकामना– २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो भत्ता रकम लिन पाएनन्। बैंकमा  सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो । 

माछापुच्छ्रे बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका इच्छाकामना– १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने उनको माग छ ।

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए । उनले भने, ‘मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन ।’

अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उनको भनाइ छ । उनले आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप  सहज बनाउन बैंकसँग छलफल बताए ।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक  प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे । उनले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताए ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताए । गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ ।

इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती बेहोर्दै आइरहेका छन् । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने ज्येष्ठ नागरिकहरूको माग छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : ३४ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित