इरानको हवाई यातायात पुनः सञ्चालन « Khabarhub

इरानको हवाई यातायात पुनः सञ्चालन


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको तर स्थितिको मूल्यांकनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन्।

इरानको नागरिक उड्डयन सङ्गठनका प्रवक्ता जाफर याजार्लूले स्थानीय समयअनुसार आइतबार राति ११ बजेदेखि पुनः उडान सञ्चालन भइरहेको र उडान तालिकानुसार भइरहेको जानकारी दिए। 

इरानले गत मङ्गलबार इजरायलमाथि दोस्रो प्रत्यक्ष हमलामा करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन इरानको रिभोल्युसनरी गार्ड्सका एक जनरलसहित तेहरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिशोध थियो।

त्यसयता इजरायलले इरानको आक्रमणको जवाफ दिने बताउँदै आएको छ । इरानले सुरुमा मङगलबार रातिदेखि बिहीबार बिहानसम्म दुई दिनभन्दा कम समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

त्यसपछि उड्डयन निकायले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू सुरक्षाको कारण देखाउँदै पुनः नखुल्दासम्म ग्राउण्डेड गरिएको घोषणा गरेको थियो।

युरोपेली सङ्घ उड्डयन सुरषा निकायले युरोपेली एयरलाइन्सलाई अक्टोबर ३१ सम्म इरानी हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको