३ वर्षको सेवा-सुविधाबापतको १५ लाख बाढीपहिरो प्रभावित पालिकालाई | Khabarhub Khabarhub

३ वर्षको सेवा-सुविधाबापतको १५ लाख बाढीपहिरो प्रभावित पालिकालाई


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा–सुविधाबापत आउने रकम बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन् । 

उनले आफ्नो सेवासुविधाबापत तीन वर्षमा आउने सेवा–सुविधाबापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन् ।

नगर प्रमुख खरेलले कार्यपालिका बैठकबाट आधिकारिक निर्णय गराएर आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने १५ लाख रुपैयाँ बाढीपहिरोबाट क्षतिग्रस्त जिल्लाका स्थानीय तहहरूलाई राहत स्वरूप सहयोग गर्ने घोषणा गरेको बताए । 

‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उनीहरूलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हँ,’ नगर प्रमुख खरेलले भने । 

बाढीपहिरोले काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग