जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता « Khabarhub

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता पाएको छ। दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई सङ्गठनको सदस्यता दिने निर्णय गरेको हो ।

 समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय सङ्गठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव अलान्सको नयाँ सदस्य पार्टी बनेको हो । 

विश्वका एक सय ९० वटा राजनीतिक पार्टी सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो । 

सबै महादेशबाट प्रोग्रेसिव अलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाका साथ उक्त सम्मेलन सम्पन्न भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : २२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल