प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध « Khabarhub

प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने भएकाले प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न नगर कार्यपालिकाले निर्णय गरी सर्वसाधारणमा सुसूचित गराएको छ । 

‘नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत, छठ पर्वलगायत विभिन्न महोत्सव तथा अन्य सभा–समारोहमा प्लास्टिकजन्य फूलगुच्छा, मालालगायत सामग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न-नगराउनु हुनका लागि सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै सूचनामार्फत नगर क्षेत्रभित्र उत्पादन भइरहेको सयपत्री, गोदावरी, मखमलीलगायत फूलहरू एवं सोबाट बनेका मालाहरू मात्र प्रयोग गर्न अनुरोध गरिएको छ । आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

दशैँलगत्तै व्यवसायीले तिहारलाई लक्षित गरी प्लास्टिकका फूल तथा मालाहरू आयात गर्दा व्यवसायी समस्यामा पर्नसक्ने भएकाले कार्यपालिकाले पहिले नै निर्णय गरी सरोकारवालालाई सचेत गराएको छ । प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले कार्यपालिकाको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गरिने बताए। 

रामपुरमा पछिल्ला वर्षमा व्यावसायिक रुपमा फूल उत्पादन हुन थालेकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्ने चलन हटाउन थालिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । 

प्लास्टिकजन्य फूलमालाले स्थानीय उत्पादनलाई समस्या बनाइरहेका बेला नगरपालिकाले गरेको यस निर्णयले व्यवसायीमा उत्साह थपिएको पुष्प व्यवसायी दिलबहादुर थापाले बताएका छन् । उनले रामपुर क्षेत्रलाई दृष्टिगत गर्दै सयपत्रीको व्यावसायिक रुपमा खेती गर्दै आएका छन्  । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : ३२ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले