इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित « Khabarhub

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई सम्मानित गरेको छ । 

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको वेबसाइटका अनुसार सर्वोच्च नेताले ‘रिभोल्युसनरी गार्ड्स’का ‘एयरोस्पेस कमान्डर’लाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि विभूषित गरेका छन् ।

‘अयातुल्लाह खामेनीले गार्ड्स एरोस्पेस फोर्सका कमान्डर जनरल अमिराली हाजिजादेहलाई अर्डर अफ फाथ अर्थात् ‘विजयको लागि सम्मान’ द्वारा विभूषित गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ।

वेबसाइटमा जनाइएअनुसार यो विभूषण ‘इमान्दारिता र राष्ट्रिय गौरव’ का क्षेत्रमा योगदान पुर्‍याएबापत प्रदान गरिएको हो ।  ६२ वर्षीय हाजिजादेहले सन् २००९ मा स्थापना भएदेखि इरानी सेनाको एयरोस्पेस युनिटको नेतृत्व गर्दै आएका छन् ।

इजरायली हवाई हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहआईआरजीसीका शीर्ष जनरल अब्बास निलफरहानको मृत्यु भएको बदलामा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले गत मङ्गलबार इजरायलमाथि करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।

गत अप्रिलमा दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको घातक आक्रमणको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि इरानले छ महिनायता इजरायलमाथि गरेको यो दोस्रो प्रत्यक्ष आक्रमण थियो ।

इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणको छिट्टै उचित जवाफ दिने इजरायलले बताएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : ११ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि