शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुन: १६०० को विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो । तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन । 

आज २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह ०.७१ प्रतिशतले घटेर ३ हजार ३३१ विन्दुमा र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घटेर ७ हजार १५४ विन्दुमा आएको छ । 

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले बढेर २०.७० विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.९०, विकास बैंक १.१९ प्रतिशतले, हाइड्रोपावर १.०५ प्रतिशतले, लगानी १.४६ प्रतिशतले, जिवन बीमा १.११ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा ०.८८ प्रतिशतले, अन्य समूह २.६१ प्रतिशतले र ट्रेडिङ समूह १.४६ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : १६ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको