रेशम भन्छन्- दशैं मनाएपछि ओली नेतृ‌त्वको सरकार छाड्छौँ « Khabarhub

रेशम भन्छन्- दशैं मनाएपछि ओली नेतृ‌त्वको सरकार छाड्छौँ


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले संघीय सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाविहीन बनाइको बताएका छन् ।

जन्मदिनको अवसरमा सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले अहिलेकै जस्तो अवस्था रहे दशैँलगत्तै सरकार छाड्ने घोषणा गरेका हुन् ।

राज्यमन्त्री अरुण चौधरीलाई भूमिकाविहीन बनाइएको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

‘अधिकार दिनुस्, जनताबीच जाने अवसर दिनुस् भन्दा पनि ठूला दलले सुनिरहेको अवस्था छैन । ठूला दलले कुरा नसुन्ने भए केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ ’ उनले भने, ‘दशैँ पछाडिबाट हामी सरकारमा सहभागी हुन्नौँ ।’

पूर्व सांसद चौधरीले आफ्नो चाहना कहिल्यै पनि सत्तामा पुग्ने नभएको बताएका छन् । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि केही गर्न सकिने ठानेर मात्रै समर्थन सरकारमा गएको जिकिर गरेका छन् ।

‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुने होइन । सरकारमा सहभागी हुने म्यान्डेट जनताले दिएका छैनन् । जनप्रतिनिधिहरूको मागले प्रदेश र सङ्घमा सरकारमा गएका हौँ ’ उनले भने, ‘ संघीय सरकारमा हामी असफल भयौँ । मुक्त कमैयाहरूलाई लालपूर्जा दिन सकेनौँ ।’

नाउपाका अहिले संघीय संसद्मा चारजना, सुदूरपश्चिममा सातजना, लुम्बिनीमा चारजना र मधेश प्रदेशमा एकजना सांसद छन् ।

संघीय सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मणकिशोर चौधरी छन् । रेशमले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदाहुँदै अधिकार नदिएको बताएका छन् ।

कांग्रेस-एमालेले सत्ता गठबन्धन बनाउनु अघिसम्म नाउपा सुदूरपश्चिममा सरकार बनाउन र गिराउन निर्णायक बनेको थियो । त्यसक्रममा नाउपाका ६ जना सांसद मन्त्री भए । तर ओली नेतृत्वमा संघीय सरकार बनेपछि सुदूरमा दुई दलको सहज बहुमत जुट्दा नाउपाको उक्त अधिकार खोसियो ।

उनले पार्टीका स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित हुँदा मुख्यमन्त्री पद गुमेको बताए ।

‘सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपर्थ्यो भनेर धेरैले भने । तपाईंहरूका कमजोरीका कारण पाउनुभएन । हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौँ’, उनले भने, ‘के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेन? दुई भागमा पार्टीलाई विभाजन गर्ने, के रेशम र रञ्जिताको मात्रै अभिलासा थियो ? होइन, होइन हामी केही स्वार्थी जनप्रतिनिधिले पार्टीको अभिष्टिच्छा, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौँ ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : २४ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न