भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु « Khabarhub

भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ ।

भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुर गाउँपालिका-५ द्वारखोलाको पुलनजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको नाम खुलिसकेको छैन ।

हरिहरपुर गाउँपालिका-५ का वडाध्यक्ष कमलकुमार राईले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । तर उनले मृतकको सनाखत भइनसकेको बताए ।

बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

बसमा ४७ जना यात्रु सवार थिए । घाइतेहरूलाई कपिलकोट र सिन्धुली जिल्ला अस्पताल पठाइएको उनले बताए । बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भएपछि क्रेनले तानेर निकालिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ४३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने