सिन्धुली बस दुर्घटना अपडेट – दुईजनाको मृत्यु, २३ जना घाइते, गम्भीर अवस्थाका दुईलाई धरान पठाइयो « Khabarhub

सिन्धुली बस दुर्घटना अपडेट – दुईजनाको मृत्यु, २३ जना घाइते, गम्भीर अवस्थाका दुईलाई धरान पठाइयो


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सोमबार दिउँसो ३ बजे भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा दुईजनाको घटनास्थमलै ज्यान गइसकेको छ। २३ जना घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ ।

२३ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आठजना गम्भीर घाइतेमध्ये दुईजनालाई उपचारका लागि तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले दुईजनाको घटनास्थलमै ज्यान गएको बताए । तर उनीहरूको सनाखत नभइसकेको जानकारी उनले दिएका छन् ।

भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमा दुर्घटनामा परेको थियो ।

बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भए पनि मानवीय हताहतीसमेत भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको