वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति « Khabarhub

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । 

जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये नौ सय ३५ हेक्टरको धान नष्ट हुँदा रु आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा रु ३७ लाख मूल्य बराबरको क्षति भएको छ। 

सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ । उखु पाँच हजार आठ सय ७७ हेक्टरमा लगाइएकामा एक सय २४ हेक्टरमा नष्ट हुँदा रु दुई करोड ८० लाख बराबरकोको क्षति भएको जनाइएको छ । 

जुट एक हजार तीन सय आठ हेक्टरमा लगाइएकामा ९७ हेक्टरमा नष्ट हुँदा रु १० लाख ४८ हजार बराबरको क्षति भएको अधिकृत श्रेष्ठले जानकारी दिए। 

सुनसरीमा सबैभन्दा बढी देवानगञ्ज, कोशी, भोक्राह नसिङ्ग गाउँपालिका र इनरुवा नगरपालिकामा क्षति भएको छ । सूचना अधिकारी श्रेष्ठले भने, ‘क्षति विवरण संकलन गरिरहेका छौँ । सबै पालिकामा पत्र पठाइसकेका छौँ । आउने क्रम जारी छ ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १२ बजे

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको