पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन « Khabarhub

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन गरिएको छ । 

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, गैर आवासीय नेपाल सङ्घ बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथीहरुले पुस्तकको विमोचन गरे। 

राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने धारणा राखे । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजका रुपमा रहने भएकाले पनि इतिहास बन्ने उनको भनाइ थियो । 

राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्व सामु फैलाइ रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यबाद सहित शुभकामना दिए।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता समेत रहेका लेखक गौतमले पुस्तकमा मुलुक बाहिर रहेकाहरूको जीवन्त कथा लेख्ने प्रयास गरिएको बताए। उनले करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गरे। 

पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, पारिवारिक अवस्था, वैदेशिक सङ्घर्षलगायतका कथा समावेश गरिएको छ । 

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय  काम गरेकोमा धन्यवाद दिए।

    

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : २४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी