पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन « Khabarhub

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन गरिएको छ । 

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, गैर आवासीय नेपाल सङ्घ बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथीहरुले पुस्तकको विमोचन गरे। 

राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरूका अनुभवलाई देशका नीति निर्माताहरूले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने धारणा राखे । पुस्तक युरोपका नेपालीहरूको दस्ताबेजका रुपमा रहने भएकाले पनि इतिहास बन्ने उनको भनाइ थियो । 

राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, सङ्घर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्व सामु फैलाइ रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यबाद सहित शुभकामना दिए।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता समेत रहेका लेखक गौतमले पुस्तकमा मुलुक बाहिर रहेकाहरूको जीवन्त कथा लेख्ने प्रयास गरिएको बताए। उनले करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गरे। 

पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरूको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, पारिवारिक अवस्था, वैदेशिक सङ्घर्षलगायतका कथा समावेश गरिएको छ । 

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय  काम गरेकोमा धन्यवाद दिए।

    

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : २४ बजे

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन– पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम

भारतको नयाँ बजेट : कर छुट, हाईस्पिड रेलदेखि पाँच राज्य जोड्ने बुद्ध सर्किट निर्माणसम्म

काठमाडौं- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा बजेट प्रस्तुत गरेकी

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा