हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद | Khabarhub Khabarhub

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन् ।

गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित एक हजार दुईसय जनाले इजरायलमा ज्यान गुमाएका थिए ।

आतङ्कवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मतिमा यहाँस्थित इजरायली राजदूतावासले आज यहाँ आयोजना गरेको स्मृतिसभामा उनले आतङ्कवादका जुनसुकै रुप र त्यसका प्रकटीकरणको नेपाल निन्दा गर्ने बताए । उनले जुनसुकै समस्याको समाधान वार्ताका माध्यमबाट खोजिनुपर्नेमा जोड दिए ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हमासको कब्जामा अहिले पनि एक सय एक मानिस रहेका तथा उनीहरुको मुक्तिका लागि हरसम्भव प्रयास भइरहेको जानकारी दिँदै हमसको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधै सम्झने र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,“तपाईका सन्तान हाम्रो देशमा अतिथि भएर आउनुभएको थियो, त्यो दुःखद् दिनपछि उहाँहरु इजरायली परिवारका सदस्य हुनुभयो । हामी तपाईँहरुलाई निरन्तर सहयाग गर्छौँ ।”

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : १५ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका