चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता | Khabarhub Khabarhub

चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ तिहार लगायतका चाडपर्वमा यात्रुहरूसँग नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका छन् । व्यवसायीले चाडपर्वको समयमा तोकिएको भन्दा बढी भाडा नलिने सहमत भएका हुन् ।

प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट सङ्ख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित छ वटा निर्णय गरेको छ ।

यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारीसाधनले यात्रु टिकट अनिवार्य काट्नुपर्ने, उपभोक्ताको अधिकारलाई ध्यान दिएर व्यावसायिक मूल्य–मान्यतालाई कायम गर्दै तोकिएको भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सेवालाई प्रभावकारी बनाउने, यातायात कार्यालयले आआफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने निर्णय बैठकले गरेको मन्त्री केसीले जानकारी दिए ।

उनका अनुसार विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय भएको छ । उनले भने, “विमानस्थलमा ट्याक्सीले धेरै भाडा लिएको गुनासो धेरै छन् । त्यहाँ ट्राफिक प्रहरी खटेर त्यसको अनुगमन गर्नुहुन्छ । चाडपर्वको बहानामा दुःख दिने काम राम्रो होइन । यो समयमा यातायात सेवालाई सहज बनाउनु सरकार मात्र होइन व्यवसायीको पनि दायित्व हो ।”

यसैगरी बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने समस्या रहेको र प्रदेश सरकारका संरचना आफ्नो कार्यक्षेत्रभित्र रहेर त्यसलाई समाधान गर्न चाडपर्वको अवधिमा पनि सक्रिय रहन सरकारको ध्यानाकर्षण गरिएको पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिका अध्यक्ष योगन्द्रबहादुर केसीले बताए । उनले बाढीपहिरो जस्ता दुर्घटनाले पछिल्ला दिनमा बसमा यात्रुको चाप कम रहेको बताउँदै चालक–सहचालकलाई प्रशिक्षण, समय–समयमा अनुगमन, सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी संयोजक केदार पौडेलले राजमार्गमा खाल्डाखुल्डी धेरै रहेकाले त्यसलाई समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गरे । कम जनघनत्व भएका ठाउँमा गाडी चलाउँदा निकै घाटा रहेको भन्दै उनले सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने बताए ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाहीले लामो दुरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने बताए। “आफूहरुले चालक राखेरनराखेको विषय कडाइका साथ अनुगमन गर्नेछौँ । लामो दुरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण आवश्यक हुन्छ,” शाहीले भने । सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न सर्वसाधारणलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : ४० बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले