रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड « Khabarhub

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गरेका छन् ।

उनले आज यहाँको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र)मा थन्क्याइएका आठ वटा वाष्प इन्जिनको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले ऐतिहासिक महत्त्वका वाष्प इन्जिनको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटनसँग जोड्न रेल्वे सङ्ग्रहालय स्थापनामा जोड दिँदै सोका लागि सङ्घ सरकार तथा अन्य सम्बद्ध सङ्घीय निकायसँग पहल गर्ने बताए । उनले सङ्ग्रहालय स्थापनासँगै खजुरी क्षेत्रलाई विभिन्न मार्गबाट जोड्ने पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

विश्वको परिवहन विकासक्रमको इतिहासमा ती इन्जिनको अवलोकन तथा पुरानो रेल्वे प्रविधिको अध्ययन गर्न सङ्ग्रहालय स्थापना गर्न सके संसारभरकै पर्यटकका लागि गन्तव्य बन्ने विश्वास उनले व्यक्त गरे ।

“सडक तथा यातायात विकसित नहुँदा सय वर्षअघि नेपालमा रेल्वे सञ्चालनमा आएको इतिहास जर्गेना गर्न र त्यसमार्फत मधेसको तत्कालीन सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था बुझ्न सङ्ग्रहालयले मद्दत गर्नेछ”, मुख्यमन्त्री सिंहले भने ।

भारतबाट गोलिया काठ ओसार्ने उद्देश्यले विसं १९९४ मा सुरु भएको जयनगर–जनकपुर–विजलपुरा रेलसेवा सञ्चालनका लागि ती इन्जिनको प्रयोग गरिएको थियो । जनकपुर–जयनगर रेलसेवाका लागि डिजल इन्जिन आएपछि र विसं २०७० मा ब्रोडगेज रेल्वे सञ्जाल विकास भएपछि वाष्प इन्जिन प्रयोगविहीन भएको हो ।

खजुरीस्थित रेल्वेका वाष्प इन्जिन नेपालका अतिरिक्त भारत र बेलायतमा मात्र छन् । महावीर, पशुपति, गुह्येश्वरी, राम, सीता, जानकी आदि नेपालका महत्वपूर्ण धार्मिकस्थल तथा धार्मिक विभूतिका नाउँ दिइएका ती इन्जिनको संरक्षण गर्न नेपाल रेल्वे कम्पनी लिमिटेडले इन्जिन राखिएका क्षेत्रमा केही समयअघि देखि घेराबेरा लगाउन सुरु गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ०१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल