पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै « Khabarhub

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा र प्रतिआतंकवाद अभियानका क्रममा भएका हताहतीमा ९० प्रतिशत वृद्धि भएको पाइएको छ ।

सेन्टर फर रिसर्च एण्ड सेक्युरिटी स्टडिजलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार यो अवधिमा ७ सय २२ जनाको ज्यान गएको छ ।

यो अवधिमा अरु ६ सय १५ जना घाइते भएका छन् । मृतक र घाइतेको सङ्ख्यामा सर्वसाधारण, सुुरक्षाकर्मी र लडाकुलाई समेत समावेश गरिएको छ ।

सबैभन्दा धेरै हताहतीको घटना खैबर पख्तुनख्वा र बलोचिस्तान प्रान्तमा भएका छन् । समीक्षा अवधिमा कुल हताहतीमध्ये ती प्रान्तहरुमा ९० प्रतिशत हताहती भएको जनाइएको छ ।

यसअनुसार सन् २०२४ को पहिलो ९ महिनामा सन् २०२३ को भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यो वर्षको पहिलो ९ महिनासम्म लडाकुको आक्रमण र सुरक्षा कारवाहीमा परी पाकिस्तानमा १ हजार ५ सय ३४ जनाको ज्यान गइसकेको छ । वर्ष सन् २०२३ मा कुल १ हजार ५ सय २३ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : १८ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी