आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर ७ तारिख। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : साथीभाइ र परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ। उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : साना कुरामा रिस उठ्नसक्छ। रिसलाई नियन्त्रणको प्रयास गर्नु राम्रो हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले सचेत हुनुपर्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक संगठनमा भने सेवाको अवसर मिल्नेछ।

मिथुन : सप्तम भावमा चन्द्रमा पुगेकाले मनमा भएका विकृति हटेर जानेछन्। परिवारभित्र गरेको लगानी नउठ्ने खतरा छ। राजनीतिक संगठनमा गरेको प्रयास सफल नहुने भएकाले सचेत बन्नुपर्नेछ।

कर्कट : आफन्त टाढिने दिन छ। थोरै बोलेर आफन्तलाई खुशी पार्न सकिन्छ। स्वास्थ्य र शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। परिवारमा भने तपाईंको भन्दा अरुको कुरा बढी बिक्नसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज छ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।

तुला : दिन सहज छ। आफन्तले साथ दिनेछन्। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। धनस्थानमा रहेका चन्द्रमाले सम्पत्तिको संरक्षणका लागि साथ दिनेछन्। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

धनु : आफूले नेतृत्व गरेको संस्थामा विरोध हुनसक्छ। तपाईंको पक्षमा बहुमत भएकाले विरोधको स्वर कमजोर हुनेछ। मनमा लागेको कुरामा निरन्तर दिएमा सफलता मिल्नेछ।

मकर : तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। व्यापारमा घाटा हुने योग छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती हुनसक्छ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भ : समकक्षीसँग सहकार्य गर्नु फाइदा हुनेछ। आफूभन्दा ठुलासँग गरेको कारोबारले घाटा हुनेछ। संकटको समयमा आफन्तले साथ दिनेछन्। बिहान शिवको भजन सुनेमा दिन सहज र शान्त बन्नेछ।

मीन : दिन सहज छ। आफ्नो योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ। काम सुरु नहुँदै विषयवस्तु सार्वजनिक गरेमा धोका हुनेछ। राज्यको तर्फबाट भन्दा निजी लगानीबाट फाइदा हुनेछ। साथीको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ५ : १२ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौं– सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गराउन कामु प्रन्याले लिएका यी आधार, अर्का न्यायाधीश शर्मामाथि उठाइन् प्रश्न

काठमाडौं–  प्रस्तावित प्रधानन्यायाधीश नियुक्ति प्रक्रियासँग सम्बन्धित रिट निवेदनहरू दर्ता नगरी

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता आदेशमा रास्वपाका सांसद्को आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध