रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की « Khabarhub

रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की

विपक्षीको पोस्टमा बार्सिलोनाको पाँच गोल


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई ५-२ ले हराएको छ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यो दुई गोलसँगै लेवान्डोस्कीले सिजनका सबै प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन्।

उनी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगमा सय गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन्।

१३ औँ मिनेटमा इनिगो मार्टिनेजले गरेको गोलको विरुद्धमा रेडस्टारका सिलास काटाम्पे एमबुपाले गोल गरेका थिए।

मध्यान्तरको ठिक अघि लेवान्डोस्कीले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाएका हुन्। दोस्रो हाफको सुरुवातमा लेवान्डोस्की र राफिन्हाले गोल गरे। फर्मिन लोपेजले बार्सिलोनाका लागि थप गोल गरे। वैकल्पिक खेलाडी मिलसनले रेडस्टारका लागि अन्तिम गोल गरे।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : १९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख