ट्रम्पले जितेपछि इरानको प्रतिक्रिया- ह्वाइटहाउसमा जो आएपनि हामीलाई फरक पर्दैन « Khabarhub

ट्रम्पले जितेपछि इरानको प्रतिक्रिया- ह्वाइटहाउसमा जो आएपनि हामीलाई फरक पर्दैन


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि आफ्नो प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरेकी छन् ।

इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारकी प्रवक्ता मोहजेरानीले भनिन्, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए ।इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो ।

समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले ट्रम्पको विजयमा भने, ‘ट्रम्पले इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका छैन । हाम्रो पक्षमा नभएका कुराहरू झन् खराब हुनेछन् । यसले हाम्रो अर्थतन्त्र र सामाजिक अवस्थालाई असर गर्नेछ ।’

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : १८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।