वास्तु टिप्स : पर्समा राखिएका यी ६ चिजले तपाईंलाई बनाउन सक्छ गरिब | Khabarhub Khabarhub

वास्तु टिप्स : पर्समा राखिएका यी ६ चिजले तपाईंलाई बनाउन सक्छ गरिब


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वास्तुशास्त्रका अनुसार हरेक व्यक्तिले आफ्नो पर्स कहिले पनि खाली राख्नु हुँदैन । पर्समा कम्तीमा एउटा सिक्का भए पनि राख्नु पर्छ । त्यति मात्र हैन वास्तुशास्त्रमा पर्समा केही चीजहरू राख्नु हुँदैन पनि भनिएको छ ।

वास्तुका अनुसार सकारात्मक ऊर्जाले घरमा सुख र समृद्धि ल्याउने गर्छ भने नकारात्मक ऊर्जाले जीवनमा धेरै समस्याहरू निम्त्याउँछ ।

यदि कोही व्यक्तिसँग पर्याप्त पैसा छैन वा घरमा प्रायः आर्थिक संकट रहन्छ भने, यसको पछाडि वास्तु दोष हुन सक्छ । वास्तुशास्त्रका अनुसार पर्समा राखिएका केही चीजहरूले व्यक्तिमा नकारात्मक प्रभाव पार्छ र यसका कारण उनी गरिबीतर्फ उन्मुख हुन्छन्।

पर्समा राखिएका यी चिजले गरिब बनाउन सक्छ 

विकृत नोटहरू : पर्स वा वालेटमा विकृत नोटहरू कहिल्यै राख्नु हुँदैन । पर्समा पैसा अव्यवस्थित रुपमा राख्दा माता लक्ष्मी रिसाउनुहुन्छ । त्यसैले पर्समा पैसा सधैं व्यवस्थित ढंगले राख्नुपर्छ ।

धारिलो वा धातुको वस्तु : पर्समा कुनै पनि धारिलो वा धातुको वस्तु राख्नु हुँदैन। पर्समा चक्कु, पिन, चाबी जस्ता वस्तु राख्नाले देवी लक्ष्मी क्रोधित हुने जनविश्वास रहेको छ । यसको प्रभावले मानिस बिस्तारै गरिबीतर्फ जान थाल्छ ।

खाली पर्स : पर्स कहिले पनि खाली राख्नु हुँदैन । यसलाई अशुभ मानिन्छ । यो पैसाको अभावको संकेत हो। तसर्थ, सधैँ आफ्नो पर्समा केहि पैसा राख्नुहोस् ।

बिल वा पुरानो रसिद : आफ्नो पर्स वा वालेटमा बिल वा पुरानो रसिद जस्ता चीजहरू कहिल्यै नराख्नुहोस् । पर्समा कागजको थुप्रो राख्दा राहु दोष हुन्छ जसले आर्थिक हानि र अनावश्यक खर्च निम्त्याउँछ। त्यसैले आफ्नो पर्सबाट पुराना चीजहरू निकाल्नुहोस्।

पुर्खाको तस्बिर : पुर्खाको सम्मान गर्नुपर्छ तर पर्समा तस्बिर राख्नु हुँदैन । यसले दोष पैदा गर्छ। वास्तुशास्त्र अनुसार घरको दक्षिण-पश्चिम दिशामा पुर्खाको तस्बिर राख्नु पर्छ।

खानेकुरा : पर्समा कहिल्यै पनि खाने कुरा राख्नु हुँदैन । गुट्का, सुपारी आदि राख्दा पर्सको धन टिक्दैन । वास्तुका अनुसार मान्छेले आफ्नो पर्समा औषधि पनि राख्नुहुँदैन । यसरी औषधि राख्दा नकारात्मक असर पर्न सक्छ । र, धन पनि उल्टो दबाइमै खर्च हुन थाल्छ ।

के के राख्ने त ? 

पर्समा लक्ष्मी भगवानको तस्बिर अवश्य राख्नुहोस् र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस् । त्यसका कारणले तपाईँको पर्स कहिल्यै खाली हुँदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस् किनकि श्रीयन्त्र लक्ष्मी कै रूप हो । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : ३१ बजे

बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतक सरह राहत रकम दिइने

काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई

अपाङ्गता भएकालाई रोजगारीसँग जोड्न जरुरी : मन्त्री भण्डारी

ललितपुर – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सार्वजनिक

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ : मन्त्री भट्टराई

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा

‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल–भारतबीचको

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो