सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र | Khabarhub Khabarhub

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले  विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको थियो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राष्ट्रिय बालअधिकार परिषद्मार्फत सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्यवस्थापनको कार्य अगाडि बढाइएको जानकारी दिए। मन्त्रालयका अनुसार खोजतलास गरी फेला परेका बालबालिका मध्ये एक हजार पाँच सय ५९ (बालक चार सय ४२ र बालिका एक हजार एक सय १७) जनालाई परिवारमा पुनर्मिलन गराइएको छ । 

‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो समयमा मन्त्रालयले हिंसामा परेका तथा जोखिममा परेका ३२  बालबालिकाको उद्धार तथा अस्थायी संरक्षण प्रबन्ध, भारतमा उद्धार गरी त्यहाँको बालकल्याण गृहमा रहेका २०  बालबालिका कीन इण्डियालगायत संस्थाको सहयोगमा स्वदेश फिर्ता, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना, १० जना बालबालिकाको नागरिकता प्राप्तिमा सहजीकरण र समन्वय तथा चार जना बालबालिकाको जन्म दर्ता बनाउन सहजीकरणसहित ६६ जना बालबालिकाको अधिकार संरक्षण र सम्बद्र्धनसमेत गरेको छ ।

गत आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म उद्धार गरी विभिन्न सडक बालबालिका स्थायी संरक्षण केन्द्रमा रहेका तीन सय ३५ र चालु आर्थिक वर्ष २०८१-८२ मा उद्धार गरिएका ५३ सडक बालबालिका (बालक ४१ र बालिका १२) सहित चारसय आठजना सडक बालबालिकाको उद्धार, राहत, पालनपोषण, संरक्षण तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । 

 बेवारिसे बालबालिका एक सय ४० जना उद्धार गरिएकोमा ९१ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । बालबालिकामा भएको लगानीको लेखाजोखा गर्नका लागि बजेट कोड तयारी  भइरहेको मन्त्री सुडीले जानकारी दिए। 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : ३३ बजे

आजका समाचार : प्रधानमन्त्री कार्कीविरुद्ध मुद्दा, दल दर्ता उत्साहजनक, एनपीएलमा काठमाडौंसँग जनकपुर स्तब्ध र शेख हसिनालाई मृत्युदण्डको सजाय

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध

सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी

सतर्कता केन्द्रलाई सक्रिय बनाइँदै, भ्रष्टाचार रोकथाममा कठोर बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्र

तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं

काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं

एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साबिक विजेता जनकपुर पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा