सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र « Khabarhub

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले  विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको थियो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राष्ट्रिय बालअधिकार परिषद्मार्फत सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्यवस्थापनको कार्य अगाडि बढाइएको जानकारी दिए। मन्त्रालयका अनुसार खोजतलास गरी फेला परेका बालबालिका मध्ये एक हजार पाँच सय ५९ (बालक चार सय ४२ र बालिका एक हजार एक सय १७) जनालाई परिवारमा पुनर्मिलन गराइएको छ । 

‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो समयमा मन्त्रालयले हिंसामा परेका तथा जोखिममा परेका ३२  बालबालिकाको उद्धार तथा अस्थायी संरक्षण प्रबन्ध, भारतमा उद्धार गरी त्यहाँको बालकल्याण गृहमा रहेका २०  बालबालिका कीन इण्डियालगायत संस्थाको सहयोगमा स्वदेश फिर्ता, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना, १० जना बालबालिकाको नागरिकता प्राप्तिमा सहजीकरण र समन्वय तथा चार जना बालबालिकाको जन्म दर्ता बनाउन सहजीकरणसहित ६६ जना बालबालिकाको अधिकार संरक्षण र सम्बद्र्धनसमेत गरेको छ ।

गत आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म उद्धार गरी विभिन्न सडक बालबालिका स्थायी संरक्षण केन्द्रमा रहेका तीन सय ३५ र चालु आर्थिक वर्ष २०८१-८२ मा उद्धार गरिएका ५३ सडक बालबालिका (बालक ४१ र बालिका १२) सहित चारसय आठजना सडक बालबालिकाको उद्धार, राहत, पालनपोषण, संरक्षण तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । 

 बेवारिसे बालबालिका एक सय ४० जना उद्धार गरिएकोमा ९१ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । बालबालिकामा भएको लगानीको लेखाजोखा गर्नका लागि बजेट कोड तयारी  भइरहेको मन्त्री सुडीले जानकारी दिए। 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : ३३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील