रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज  « Khabarhub

रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज 


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स स्पिनिङ मिल्सको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ । 

उच्च अदालत पाटनका न्यायाधीस कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने फैसाला गरेको हो । 

अदालतमा काठमाडौं–४ का हरिबहादुर केसी र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स र रिलायन्स लाई विपक्षी बनाइ रिलायन्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेर आईपीओ निष्कासन गर्ने खोजेकाले रोक्न माग गर्दै गत असार २५ गते रिट दायर गरेको थियो । 

रिलायन्सलाई सेबोनले इतिहासकै महँगो आईपीओ जारी गर्ने अनुमति दिएको थियो । तर, रिलायन्सको वित्तीय विवरण सेबोनमा बुझाएको र कम्पनी आफैले सार्वजनिक गरेको फरक–फरक देखिएका कारण चौतर्फी विरोधपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । 

आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सका वित्तीय विवरणमा गडबडी

उच्च अदालत पाटका न्यायाधीश अन्जु उप्रेती ढाकाले गत असार २६ गते रिलायन्सको आईपीओ जारी नगर्न अन्तरिम आदेश दिएकी थिइन् । सोही दिन सेबोनले पनि आईपीओ जारी तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । 

रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्च अदालतको अन्तरिम आदेश

रिलायन्सले सेबोनसँग १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । 

बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ । न्यूनतम ५० कित्ताका लागि आवेदन दिन पाईने छ । 

रिलायन्सको इतिहासकै महँगो आईपीओ भएपनि वित्तीय विवरणमा भने गडबडी देखिन्छ । रिलायन्सले धितोपत्र बोर्डमा बुझाएको विवरणमा प्रतिशेयर नेटवर्थ आव ०७७-८ मा १६९ रुपैयाँ ०४ पैसा, आव ०७८-७९ मा १९२ रुपैयाँ १२ पैसा र आव ०७९-८० मा २४७ रुपैयाँ ६७ पैसा रहेको उल्लेख गरेको छ ।

तर, उस्तै र त्यही वर्ष तोकेर रिलायन्सले आफ्नो साइटमा सार्वजनिक गरेको विवरणमा भने आर्थिक वर्ष २०७७-७८ मा प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा उल्लेख गरेको छ । जुन धितोपत्र बोर्डमा पेस गरेको विवरण भन्दा २ रुपैयाँ २१ पैसाले कम हो । 

रिलायन्स स्पिनिङ मिल्स प्रबन्धक सञ्चालक अक्षय गोल्यान भने धितोपत्र बोर्डले गर्दा वित्तीय विवरणमा त्यस्तो भएको बताउँछन् । बोर्डले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा त्यस्तो हुन गएको गोल्यानको भनाई छ । 

‘हामीले धितोपत्र बोर्डले निर्देशन दिएअनुसार विगतको नेटवर्थमा पनि परिवर्तन गरेका थियौँ’, गोल्यानले खबरहबसँग भने, ‘त्यो वित्तीय विवरण हामीले सार्वजनिक गरेका थियौँ । तर, बोर्डले सार्वजनिक गरेन, त्यसकारण हाम्रो वित्तीय विवरणमा फरक देखिएको हो ।’

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १ : १४ बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको