डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा « Khabarhub

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको सुजङ्ग अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका–३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिएर उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याएर सामान्य उपचार पश्चात् बुधबार साँझ अप्रेसन गर्नका लागि अप्रेसन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको आशंकामा ती चिकित्सकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

चिकित्सकहरू डा.राजमणि यादव, डा सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव प्रहरी नियन्त्रणमा लिएको हो । उपचारमा संलग्न चिकित्सकले कमजोरी गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले पुष्टि गरे।

चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको मृतकका बुवा लोकेन्द्र भुलले बताएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : ०१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ