एक सय ३१ यात्रुसहितको चिनियाँ चार्टर्ड जहाज पोखरामा « Khabarhub

एक सय ३१ यात्रुसहितको चिनियाँ चार्टर्ड जहाज पोखरामा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा– शुक्रबारदेखि सुरु हुने ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस क्रन्ट्री रेस’ प्रतियोगितामा सहभागी हुने १३१ जनाको टोली लिएर एउटा चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

युन्नान प्रान्तको कुनमिङ विमानस्थलबाट १३१ जनाको चिनियाँ बोकेको सिचुवान एयरलाइन्सको एयरबस ३१९ नम्बरको चार्चर्ड विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको हो । पहिलो पटक पोखरा पुगेको उक्त जहाजलाई वाटर स्यालुट दिएर स्वागत गरिएको छ ।

पोखरामा शुक्रबारदेखि ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस क्रन्ट्री रेस’ प्रतियोगितामा हुँदैछ । त्यसमा चिनियाँ खेलाडी पनि सहभागी हुँदैछन् । जहाजमा केही चिनियाँ पर्यटक पनि आएका छन् ।

प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ ।

ती चिनियाँहरूलाई पोखरा विमानस्थलमा अवतरण गराएपछि सिचुवान एयरलाइन्सको उक्त जहाज अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ५ : १७ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य