तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड : विभिन्न देशका १२ सय प्रतियोगी सहभागी हुने « Khabarhub

तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड : विभिन्न देशका १२ सय प्रतियोगी सहभागी हुने


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

पोखरा– ‘रन फर कमन प्रस्पेरिटी’ भन्ने नारासहित पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस-कन्ट्री दौड प्रतियोगितामा १२ सयजना सहभागी हुने भएका छन् ।

१९ लाख ३८ हजार एक सय नेपाली रुपैयाँ पुरस्कार राखिएको प्रतियोगितामा टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन दौडसहित चार क्याटेगरी तय गरिएको छ । प्रतियोगितामा नेपाल र विदेशकासहित १२ सय प्रतियोगी सहभागी हुने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङ्बाट १३४ सदस्यीय खेलाडी र समर्थकको टोली सिचुवान एयरको जहाजबाट पोखरा पुगिसकेको छ।

यस प्रतियोगिताले पोखरा र समग्र नेपालको पर्यटनमा सहयोग गर्ने अपेक्षा आयोजकले राखेका छन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिले कार्यक्रम सफलताको कामना गरे । उनीहरूले यस प्रतियोगिताले नेपालको पर्यटनमा सकरात्मक प्रभाव पार्ने बताए ।

यो प्रतियोगितालाई पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरमको आयोजनामा भइरहेको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषदसहितले पनि साथ दिएका छन् ।

यो प्रतियोगितामा चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, कुनमिङ विदेशी मामिला कार्यालय, कुनमिङ खेल महासंघ र कुनमिङ पिपल्स एसोसिएसन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रिज सहभागी छन् ।

हिमालयन टुरिजम फोरम- पोखरा, चीनको युनान माउन्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र कुनमिङ माउन्टेनियरिङ एण्ड एड्भेन्चर एसोसिएसनले प्रतियोगिता आयोजनाको नेतृत्व गरेका छन् ।

यस प्रतियोगितालाई सफल बनाउन बुद्ध एअर, प्राइम अजोड इन्स्योरेन्स, वार हर्स भिटामिन वेभरेज र रेबट स्प्रिङ मिनरल वाटरले पनि साथ दिएका छन् । यस प्रतियोगिता शनिबार बिहान साढे ७ बजे सुरु हुने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : ४८ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न