यस्तो छ फिल्म ‘अग्निदहन’को ट्रेलर « Khabarhub

यस्तो छ फिल्म ‘अग्निदहन’को ट्रेलर


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मसिर ७ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘अग्निदहन’ को ट्रेलर बिहीबार सार्वजनिक भएको छ ।  दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा बोक्सी कु-प्रथाप्रतिको अन्धविश्वासका घटना देखाइको छ ।

समाजमा जरो गाडेर बसेको बोक्सी कुप्रथा र  बोक्सीको आरोप लागेपछि महिला दिइने यातनासमेत ट्रेलरमा समेटिएको छ ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । यस फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।

मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको निर्देशक लामिछानेको भनाइ छ ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ले निर्माण गरेको यस फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना रहेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले यो फिल्म हेरिसकेका छन् । चलचित्र विकास बोर्डले फिल्मलाई ‘विशेष चलचित्र अवार्ड’ दिएको छ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : ५२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का