‘राजनीतिक अभियन्तालाई निशाना बनाउन प्रतिआतंकवाद कानुनको दुरुपयोग’ « Khabarhub

‘राजनीतिक अभियन्तालाई निशाना बनाउन प्रतिआतंकवाद कानुनको दुरुपयोग’


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजनीतिक अभियन्तालाई निशाना बनाउन पाकिस्तान सरकारले प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको भन्दै बलोचिस्तान प्रान्तमा सक्रिय संघ संस्थाले आपत्ति जनाएका छन् ।

बलोचिस्तानमा सक्रिय बलोच याकेजेती कमिटिले राजनीतिक अभियन्तालाई निशाना बनाउन सरकारले प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको आरोप लगाएको हो ।

केही समयअघि पाकिस्तान सरकारले बलोचिस्तानका अभियन्ताहरु महरंग बलोच र सिबघतुल्लाह शाह जीको नाम प्रतिआतंकवाद निगरानी सूचीमा राखेको थियो ।

विज्ञप्ति जारी गर्दै कमिटिले पाकिस्तानी राज्यले कुनै ठोस प्रमाणबिना बलोचिस्तानका राजनीतिक कार्यकर्तालाई लक्षित गरी प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको जनाएको छ ।

कमिटिले पाकिस्तानको यस्तो प्रयास धेरै नटिक्ने समेत चेतावनी दिएको छ । पछिल्लो समय राजनीतिक कार्यकर्तालाई लक्षित गरी पाकिस्तानले प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त र एमनेस्टी इन्टरनेशनलजस्ता संघसंस्थाले पनि चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ३ : २६ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा