सिरियामा एकपछि अर्को सहर कब्जा गर्दै विद्रोही सेना « Khabarhub

सिरियामा एकपछि अर्को सहर कब्जा गर्दै विद्रोही सेना


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दमासकस – सिरियामा विद्रोही सैन्य शक्तिले आक्रामक कदम सुरु गरेपछि होम्सबाट सर्वसाधारण अन्यत्र जान थालेका छन्। विद्रोही सेनाले सिरियाको तेस्रो ठुलो सहर हामापछि होम्स आफ्नो कब्जामा भएको जनाइसकेको छ।

गत साता एलेप्पो सहर विद्रोह्रीका सामु गुमाएको सत्तारुढ शक्तिका लागि हामा र होम्स माथिको नियन्त्रण पनि गुमाउनु अर्को ठुलो धक्का हो हामा माथिको नियन्त्रण बिहीबार नै सत्ताले गुमाइसकेको छ।

इस्लामिक सङ्गठन हायात तारिर अल साम्स (एचटिएस)का नेता अबु मोहम्मद अल जलवानीले होम्सका बासिन्दालाई उनीहरूको समय आइसकेको सूचना दिएका थिए।

सिरियामा गृहयुद्ध सुरु भएयता विद्रोही शक्तिको यो सबै भन्दा ठुलो सफलता हो। यो सफलतापछि राजधानी दमासकासलाई उत्तर र दक्षिण दुवै तर्फबाट दबाब दिन समेत एटिएस सफल हुने सम्भावना देखिएको छ।

त्यहाँका अल्पसङ्ख्यक अलवाइट समुदाय त अहिले आतङ्कित नै भएका छन्। उनीहरूले सहर छाड्दा देखिएको भिडियो सामाजिक सञ्जालमा देखिन थालेका छन्।

बेलायतको सिरियन अज्बरभेटरी फर ह्युमन राइट्सले जनाए अनुसार विद्रोही सेनाले सबैतिर घेरी सकेका छन्। सहरमा पुरै प्रभाव जमाउन केही समय मात्र लाग्न सक्छ। उनीहरू केही किलोमिटर टाढा छन्।

रुसी युद्ध विमानले बाटोमा रहेको पुलमा बम प्रहार गरेर भत्काइ दिएको छ। भूमध्य सागरको तटीय सहर होम्स गुमाइसकेको हल्ला साँचो नभएको तथा डटेर सामना गर्ने रक्षा मन्त्रालयले जनाएको छ।

सिरियामा युद्धको सम्भावना बढेपछि दक्षिणमा जोर्डनले सीमा बन्द गरेको छ। स्थानीय सैन्य जत्थाको उपस्थिति हुनसक्ने खतरालाई ध्यानमा राख्दै जोर्डनले सो कदम उठाएको हो।

रुसले राष्ट्रपति बसार अल आसादलाई सत्तामा स्थापित गराए पनि त्यहाँको आन्तरिक राजनीतिले उनलाई बर्खास्त गर्न सक्ने सम्भावना प्रबल भएको छ। आसाद त्यहाँको अल्पसङ्ख्यक सिया मुस्लिम समुदाय अलावाइटका हुन्। आसादले अहिले सिरियामा यस कठिन अवस्था आउनुमा पश्चिमा शक्तिको सबै भन्दा ठुलो भूमिका भएको आरोप लगाएका छन्।

अहिले सिरियामा बढ्दै गएको महँगी र भ्रष्टाचारको कारण आम मानिसमा राष्ट्रपति प्रत्येक दिन अलोकप्रिय भइरहेका छन्। यसका बाबजुद पनि रुसले सिरियाका राष्ट्रपतिलाई आफ्नो साथ यथावतै रहने जनाइ सकेको छ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ४० बजे

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ