इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित « Khabarhub

इङ्गल्यान्डसँगको टेस्टमा न्युजिल्यान्ड १२५ रनमा सीमित


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड कमजोर साबित भएको छ। इङ्गल्यान्डले पहिलो पारीमा २८० रन बनाएको थियो। जवाफमा उत्रिएको न्युजिल्यान्ड १२५ सीमित भएको हो।

न्युजिल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा गस एटकिन्सन र ब्रायडन कर्सले समान चारचार विकेट लिए। कर्सले १० ओभरमा ४६ रन दिँदा अटकिन्सनले ८.५ ओभरमा ३१ रन खर्चिए।

न्युजिल्यान्डका केन विलिम्सनले ३७ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले २० रन कटाउन सकेनन्। इङ्गल्यान्डका क्रिस ओक्स र बेन स्टोक्सले बाँकी एकएक विकेट लिए।

टेस्टको पहिलो पारीमा हेरी ब्रुकले सानदार ब्याटिङ गरेका थिए। उनले ११५ बलमा १२३ रन जोडे। ओलिप पोपले ७८ बलमा ६६ रन प्रहार गरे। इङ्गल्यान्डले ४ विकेट ४३ रनमै गुमाएको थियो। उसका लागि ब्रुक र पोपले १७४ रनको साझेदारी गरेका थिए।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ५६ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले